जापानमा चीनको मानवरहित विमान पठाउने खतरा रहेको एक समाचार एजेन्सीले जिकिर गरेको छ । जापानले यसलाई क्षेत्रीय स्थिरता खतरामा पर्ने अर्थमा लिएको छ । चीनले मानवरहित विमान क्षमताको उपयोग गर्दै परिष्कृत रूपमा सैन्य ड्रोन पठाउनेतर्फ ध्यान केन्द्रित गरेको साउथ चाइना मर्निङ पोस्टले समाचार दिएको छ ।
जापान र चीनबीच लामो समयदेखि मनमुटाब रहँदै आएको छ । समाचारअनुसार अगस्ट महिनाको अन्तिममा जापानको छेउमा तीनवटा चिनियाँ सैन्य ड्रोन पुगेको देखिएको थियो । टोकियोले चिनियाँ गतिविधिको अनुसन्धान गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
जापानी अधिकारीहरूले चीनको सान्सी वाई–८क्यु मेरिटाइम पेट्रोल प्लेन तथा सान्सी वाई–९जेबी इलेक्ट्रोनिक इन्टेलिजेन्स एयरक्राफ्टसमेत छेउछाउ आएको जानकारी दिएका छन् । यद्यपि, यो ठाउँमा ड्रोन पठाउने मुलुक चीन मात्र नभएको जापानी अधिकारीहरूको भनाइ छ । गत मे मा अमेरिकाले उत्तरी जापानको गौम बेसबाट एमक्यु–४सी ट्राइटन ड्रोन मिसावा बेसमा सारेको थियो ।