रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार विडारीलाई

बिहिबार, ३१ भदौ, २०७८
डिजिटल संस्करण

 राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार ०७८ र  रामहरि केबी स्मृति  फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार ०७८ वितरण गरेको छ ।

समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै हेटौँडा–६ का रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त बिडारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको छ । 

अधिवक्ता एवं पत्रकार ऋषि केबीले स्वर्गीय पिता रामहरि केबीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् । कार्यक्रममा स्व. केबीको बुहारी पुण्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् 

सुझावित समाचार