बिग्रेको कार्यकर्ता होइन, माथि आएका नेता हो : प्रचण्ड

बुधबार, ३० भदौ, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पुनर्निर्माण गर्न जरुरी भएको बताएका छन्। पोष्टबहादुर बोगटी दिवाकरको सातौँ स्मृति दिवसमा बोल्दै नेकपा माओवादी केन्द्र देशको विशाल पार्टी भएको र यसको तुलना अरूसँग हुन नसक्ने दाबी गरे। क्रान्ति र आन्दोलन भनेपछि लाखौँको संख्यामा सडकमा आउन तयार जनता र कार्यकर्ता अहिले पनि रहेको उनको भनाइ छ। केपी ओलीको प्रतिगमनको विरोधमा सडकमा आएका जनताले त्यो पुष्टि गरेको प्रचण्डले प्रस्ट पारे।

दिवाकरको सरलता र नैतिकताबाट पार्टीका नेता–कार्यकर्ताले शिक्षा लिनुपर्ने उनको भनाइ थियो। तल्लो तहका कार्यकर्तामा उत्साह रहेको बताउँदै उनले माथिल्लो तहका नेताहरू बिग्रेको आरोप लगाए।

‘बिग्रेको हामी माथि आएका नेता हाे, कार्यकर्ता होइन। गुट गर्दै हिँड्न रमाउने माथिकै नेता हो,’ उनले भने, ‘संगठन र त्यागको तागत यही पार्टीमा छ। आफूलाई बदल्न जरुरी छ।’ उनले संविधान संशोधन आवश्यक रहेको बताए। आफू प्रधानमन्त्री हुँदा संशोधन प्रस्ताव दर्ता गराएको पनि पनि उनले उल्लेख गरे। 

See More On

सुझावित समाचार