विद्यालयमै मृत भेटिए शिक्षक, हत्याको आशंका

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

दैलेखको गुराँस गाउँपालिका– ८ लालिकाँडामा रहेको मालिका माविका शिक्षक नगेन्द्रकुमार बिसी विद्यालयमै मृत अवस्थामा भेटिएका छन्। ४२ वर्षीय बिसी मंगलबार बिहान विद्यालयको बरन्डामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

नजिकै रहेको मकैबारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर विद्यालयको बरन्डामा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी इन्स्पेक्टर इन्द्रजित सुनारसहितको टोलीले घटनाको अध्ययन गरिरहेको छ।

See More On

सुझावित समाचार