भारतको फिरोजावादमा भाइरल ज्वरोका कारण ११४ जनाको मृत्यु

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

भारतको फिरोजावादमा भाइरल ज्वरोका कारण ८८ बालबालिकासहित एक सय १४ जनाको मृत्यु भएको छ। मंगलबार चारजनाले ज्यान गुमाएसँगै मृतकको संख्या एक सय १४ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ।

उत्तर प्रदेशमा पर्ने यो जिल्लामा मात्र कम्तीमा १२ हजार मानिस भाइरल ज्वरोका कारण बिरामी परेका यहाँको स्वास्थ्य विभागका स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।

राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी)ले जिल्लामा डेंगुको प्रकोप रहेको पहिचान गरेको थियो। केन्द्रको टोलीले कीटजन्य रोगको प्रसार रोक्ने विभिन्न उपाय अपनाए पनि मृत्यु हुनेको संख्यामा कमी आएको छैन।

स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार फिरोजावादमा डेंगु, मलेरिया, स्क्रब टाइफस, लेप्टोस्पायरोसिसलगायत रोगका बिरामीहरू देखिन थालेका छन्।

See More On

सुझावित समाचार