डडेल्धुराको वडा अधिवेशन अस्वीकार गर्ने संस्थापनइतर पक्षको निर्णय

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले  सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय सानेपामा बसेको इतर पक्षको भेलाले यस्तो निर्णय गरेको हो। 

भेलापछि विज्ञप्ति जारी गर्दै इतर पक्षले प्रक्रियाविपरीत अधिवेशन गरिएकाले पुनः निर्वाचन गराउन माग गरेको हो।

‘प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीय रूपमा गरिएको वडा अधिवेशनबाट लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य–परम्पराको खिल्ली उडाइएको छ,’ इतर समूहको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हामीलाई मान्य छैन। यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनः निर्वाचन होस्।’

सुझावित समाचार