लमजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु, एक घाइते

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

लमजुङको सदरमुकाम बेंसीसहरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।  दुर्घटनामा परी  मोटरसाइकलको पछाडि सवार बेंसीसहर नगरपालिका– ८ बस्ने २० वर्षीय राजेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार राति  करिब ११ः५० बजे बेंसीसहर नगरपालिका– ८ भीमसेनस्थानमा ग.२१प १७५२ नम्बरको मोटरसाइकल दुर्घटना भएको  हो। प्रहरीका अनुसार मनाङे चौताराबाट सेराचोकतर्फ आउँदै गरेको पल्सर मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलचालक बेंसीसहर नगरपालिका– ८ बस्ने २१ वर्षीय मनोज मरहठ्ठा घाइते भएका छन्।

सुझावित समाचार