एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक १५ मिनेटका लागि स्थगित

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रिय सभाको सोमबारको बैठक पनि १५ मिनेटका लागि स्थगित गरिएको छ।

बैठक स्थगित गर्नुअघि एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट ठगेन्द्रप्रकाश पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक– २०७५ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने समय दिएका थिए।

सोही विधेयक पेस गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सुझावित समाचार