कमान्डो शैलीमा विद्युतले गरे नन्दितालाई प्रपोज

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

बलिउड अभिनेता विद्युत जामवाल र नन्दिता महतानीले इङ्गेजमेन्ट गरेकाे भन्ने हल्ला यति वेला सत्यतामा परिणत भएको छ । उनीहरूको 'सिक्रेट इङ्गेजमेन्ट'को हल्ला सही साबित भएको भारतीय संचारमाध्यमले लेखेका छन्।

समाचारलाई अभिनेता विद्युत स्वयंले पुष्टि गरेका छन्। उनले इन्स्टाग्राममा एउटा फोटो सार्वजनिक गर्दै उनलाई प्रपोज गरेको उल्लेख गरेका छन्। आर्मी क्याम्पको एउटा १५० मिटर अग्लो पर्खालबाट झर्दै उनले कमान्डो शैलीमा प्रपोज हानेकाे स्रोतलाई उदृत गर्दै समाचारमा जनाइएको छ।

See More On

सुझावित समाचार