दुई दलले मान्यता पाएसँगै प्रदेश २ सभाको अंकगणित फेरियो

सोमबार, २८ भदौ, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता दिएसँगै प्रदेश २ सभाको अंकगणित फेरिएको छ । जनता समाजवादी पार्टी विभाजन भई गठन भएको लोसपामा १६ जना सांसदले सनाखत गरेका छन् । 

लोसपा प्रदेश सभामा तेस्रो ठूलो दल भएको छ । सबैभन्दा ठूलो दल जसपा बनेको छ । ऊसँग ३८ जना सांसद छन् । दोस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । प्रदेश २ मा चौथो ठूलो दल एकीकृत समाजवादीसँग १३ तथा एमाले र माओवादी केन्द्रसँग आठ–आठ सांसद छन् । 

नवगठित लोसपामा सनाखत गरेका प्रदेश २ का १६ सांसदलाई निर्वाचन आयोगले मान्यता दिएको छ । जनकपुरधामस्थित प्रदेश २ निर्वाचन कार्यालयले लोसपाका १६ जना सांसदलाई मान्यता दिएको प्रदेश सभा सचिवालयलाई पत्र पठाएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश र प्रचलित कानुनअनुसार उनीहरूलाई लोसपाका प्रदेश सभा सदस्यका रूपमा मान्यता दिएको निर्वाचन आयोगले जनाएको छ । 

सुझावित समाचार