संसद् बैठक मंगलबारसम्म स्थगित

आइतबार, २७ भदौ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा लगातार नेकपा एमालेका सांसदको अवरोधपछि मंगलबारसम्का लागि स्थगित भएको छ । आइतबार १५ मिनेटको स्थगनपछि सुचारु भएको दोस्रो  बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए । 
एमालेको अवरोधपछि मंगलबार १ बजेका लागि सभामुखले संसद् बैठक बोलाएका हुन् । एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् ।

सुझावित समाचार