प्रतिनिधिसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस भएको छ। नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापना विधेयक पेस गरेका हुन्।
यसअघिको सरकारले पेस गरेको विनियोजन अध्यादेश प्रतिस्थापन गर्न विधेयक पेस गरिएको हो। यसअघि केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।