गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलमा छुट

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

गरिमा विकास बैंकले नेपालको चेन होटेल ‘ल्यान्डमार्क होटेल्स रिसोर्ट एन्ड स्पा’सँग आफ्ना ग्राहकलाई विभिन्न विषयमा छुट दिने सम्बन्धमाध सम्झौता गरेको छ । सम्झौताअनुसार होटेलको डिलक्स रुममा ३५ प्रतिशत, फुड एन्ड बेभरेजमा १५ प्रतिशतका साथै अन्य सेवा–सुविधामा आकर्षक छुट पाउने जनाइएको छ ।

बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्यान्डमार्क होटेलबाट सम्झौताअनुसारको छुट सुविधा लिन सक्ने बैंकको भनाइ छ ।  हाल गरिमा विकास बैंकले एक सय ६ शाखा र ५१ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 
 

सुझावित समाचार