एमसिसी टोलीलाई डा. भट्टराई र यादवको जवाफ : दलहरूसँग सहमति गरेर आवश्यक निर्णय

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवसँग एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोलीले भेटवार्ता गरेको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले एमसिसी टोलीलाई दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने बताएका छन्। उनीहरूबीच होटेल मेरियटमा भेट भएको हो।

उनले उपाध्यक्ष फतिमा र सहायक उपाध्यक्ष जोनथन ब्रुक्ससँगको छलफल उपयोगी भएको बताए। यसअघि एमसिसीको टोलीले नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको थियो।

See More On

सुझावित समाचार