मातृका आँखा अस्पतालभित्र फेला परेको वस्तु नक्कली बम

बिहिबार, २४ भदौ, २०७८
डिजिटल संस्करण

काठमाडौंको सेतोपुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु नक्कली बम (होक्स) रहेको पुष्टि भएको छ। नेपाल प्रहरीले बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनालाई खबर गरेको थियो। सेनाले उक्त शंकास्पद वस्तु  होक्स रहेको पुष्टि गरेको हो।

‘कोही कसैले झुक्याउन र तर्साउनलाई यस्तो वस्तु राखेको हो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘नेपाली सेनाको बम डिस्पोजल टोलीले होक्स रहेको पुष्टि गर्याे ।’ उनले आशंकामा दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।

See More On

सुझावित समाचार