प्रतिनिधिसभा बैठक २५ भदौमा बस्ने

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठक आगामी २५ भदौमा बस्ने भएको छ । बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । 

सभामुख सापकोटाले बुधबार पहिलो र दोस्रो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । तेस्रो बैठकमा पनि एमाले सांसदहरूले अवरोध गरेपछि २५ भदौमा बस्ने गरी बैठक स्थगित भएको हो । 

तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गरेका छन् । 

राष्ट्रियसभाको बैठक पनि आगामी २५ भदौसम्मका लागि स्थगित भएको छ । एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको हो । 

सुझावित समाचार