‘हुन्डाई फेस्टिभ डिलाइट २०७७’ विजेतालाई गाडी हस्तान्तरण

बुधबार, २३ भदौ, २०७८
डिजिटल संस्करण

हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडपर्व स्किम ‘यसपालिको दसैँ–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना विजेतालाई उपहार हस्तान्तरण गरेको छ । कम्पनीले श्यामप्रसाद पौडेललाई ग्रान्ड आई १० नियोस म्याग्ना र चतनारायण सापकोटालाई हुन्डाई अउरा (एस) गाडीको साँचो हस्तान्तरण गरेको हो । 

कोभिड–१९ को दोस्रो लहरका कारण सम्पूर्ण जनजीवन नै अस्तव्यस्त भएकाले गत वर्षको लक्की ड्र केही ढिला गरी गरिएको कम्पनीले जनाएको छ । यसका साथै भदौ २४ गते बिहीबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको कम्पनीले जनाएको छ ।

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारका साथ थुप्रै स्किम पाउने जनाइएको छ । लक्ष्मी हुन्डाईले सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पिरियन्स प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।  कम्पनीले देशभरमा १३ सोरुम र १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ । 

See More On

सुझावित समाचार