कांग्रेस महाधिवेशनको नारा तय

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नारा तय गरेको छ। कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले महाधिवेशनका लागि  ‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४औँ महाधिवेशन’ भन्ने प्रचारात्मक नारा तय गरेको हो।

विभाग प्रमुख तथा प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग सचिव दिनेश थापामगरले जानकारी दिए।

त्यस्तै, बैठकले महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचारकेन्द्रित प्रचारको ‘चिन्तन चौधौँ महाधिवेशन’ कार्यक्रमसमेत आयोजना गर्ने निर्णय गरेको छ। यसका लागि कार्यक्रम संयोजनको जिम्मेवारी विभागका उपप्रमुख डा. सुरेश आचार्यलाई दिएको छ।

सुझावित समाचार