अझै दुई दिन मनसुनी गतिविधि बढ्ने

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रासस

See More On

सुझावित समाचार