‘क्रियाशील नटुंगिएका २१ जिल्लामा वडा अधिवेशन एकसाथ हुन्छ’

मंगलबार, २२ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंगो नलागेका २१ जिल्लामा एकसाथ वडा अधिवेशन सम्पन्न गरिने बताइएको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशीलको विषय टुंगिने क्रममा रहेको जानकारी दिए।

केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यसमेत रहेका उनले समितिले सदस्यता विवाद एक–दुई दिनमै टुंगोमा पुर्याइने र एकसाथ वडा अधिवेशन सम्पन्न गरिने जानकारी दिए।

‘समिति अस्तित्वमा नरहे पनि समितिका सदस्यका रूपमा हामीले विवाद टुंग्याउने जिम्मेवारीमा रहेर काम गरिरहेका छौँ,’ पौडेलले नयाँ पत्रिकासँग भने,‘ एक–दुई दिनमै सदस्यता विवरण सार्वजनिक हुन्छ। विवरण आएपछि भएपछि सबै वडाहरूमा एउटै मितिमा निर्वाचन हुनेछ।’

सुझावित समाचार