बक्स अफिसमा ‘साङ–ची’को राम्रो सुरुवात

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

मार्बल स्टुडियोको सुपरहिरो फिल्म ‘साङ–ची एन्ड द लिजेन्ड अफ द टेन रिंग्स’ले बक्स अफिसमा राम्रो सुरुवात गरिरहेको छ। कोरोना महामारीमा फिल्म हलमा रिलिज गर्न निर्माताहरू डराइरहेका वेला यो फिल्मले निकै राम्रो व्यापार गरिरहेको छ।

रिपोर्टहरूअनुसार फिल्म रिलिजको तेस्रो दिनमा यसले सात करोड १४ लाख अमेरिकी डलरभन्दा बढीको व्यापार गरेको छ। रिलिजको पहिलो दिन शुक्रबारदेखि हालसम्म फिल्मले १५ करोड अमेरिकी डलरभन्दा बढीको व्यापार गरेको बताइएको छ।

सोमबार फिल्मले अमेरिकामा मात्र थप करिब एक करोड २१ लाख डलर आम्दानी गर्ने आकलन गरिएको छ। मार्बल स्टुडियोले पहिलोपटक एसियन कलाकारलाई सुपरहिरोका रूपमा यो फिल्ममा प्रस्तुत गरेको छ।

See More On

सुझावित समाचार