बिरिङ खोला किनारमा भेटियो आमा–छोराको शव

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

झापाको कन्काई नगरपालिका– ७ बिरिङ खोलामा आज (आइतबार) आमा–छोराको शव फेला परेको छ। शव विराटनगर घर भई हाल कन्काई– ८ मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाई वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ।

मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि उनी बच्चासहित माइतै बस्दै आएकी थिइन्। शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट हिँडेकी विक र बालकको शव बिरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए।

बिरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा–छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला पारेको थियो। प्रहरीले उनले बच्चासहित खोलामा हाम फालेको हुन सक्ने आशंका गरेको छ । रासस

See More On

सुझावित समाचार