भीमसेन जात्रा मनाउन वडाको पाँच लाख सहयोग

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

ललितपुरको ऐतिहासिक भीमसेन जात्रा मनाउन ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। वडाध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

वडाले अमूर्त संस्कृति संरक्षणका लागि सम्बद्ध गुठीयार, सरोकारवालासँग समन्वय गरी अक्षयकोषका लागि रकम प्रदान गर्दै आएको छ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन पाटन मंगलबजारमा मेला लाग्छ। त्यसको पर्सिपल्ट दशमीका दिन राति हजारौँ मानिसको सहभागितामा  भीमसेन जात्रा मनाइन्छ।जात्राको वेला स्वयंसेवक परिचालन गरिन्छ।

सुझावित समाचार