दाङमा माछाकाे टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ । अढाई जातको माछाले टोक्दा लमही नगरपालिका– १ सुन्डबरीनिवासी ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार शनिबार दिउँसो २ बजे घरनजिकैको कुलोमा घर्तीले माछा समातेर मुखले माछाको टाउको टोकेर घाइते बनाई प्लास्टिकमा राखेका थिए ।
त्यसको केही बेरपछि घर्ती एक्कासि बेहोस भएपछि उपचारका लागि उनलाई लमही अस्पतालमा पुर्याइएकाे थियाे । अस्पताल पुर्याएलगत्तै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । श्रीमान् र श्रीमती दुवैजना माछा मार्न नजिकैको कुलोमा पुगेका थिए ।