हिरोको दसैँ योजना सुरु

आइतबार, २० भदौ, २०७८
डिजिटल संस्करण

नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले दसैँको अवसरका लागि ‘दसैँका वेला हिरोको मेला’ नामक नयाँ योजना ल्याएको छ ।  

योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद उपहार पाउन सक्ने र बम्पर लक्की ड्रमार्फत एकजनाले एक लाख रुपैयाँ नगद पाउने योजना ल्याएको कम्पनीले जनाएको छ ।

यसका साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्स सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ । 
 

See More On

सुझावित समाचार