नेपाली कांग्रेसले ४० भन्दा बढी जिल्लामा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार कांग्रेसले क्रियाशील सदस्यता टुंग्याएर विवरण दिएका ५६ जिल्लामध्ये ४० भन्दा बढी जिल्लाको निर्वाचन सम्पन्न भएको छ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार निर्वाचन सम्पन्न भई मतगणनाको तयारी भइरहेको छ। ‘४० भन्दा बढी जिल्लाको निर्वाचन सम्पन्न भइसकेको जानकारी आएको छ। बाँकीको भोलिबाट क्रमश हुन्छ,’ उनले नयाँ पत्रिकासँग भने। नेपाली कांग्रेसको तल्ला तहको अधिवेशन आजबाट सुरु भएको छ।