‘वडामा नेतृत्व चयनको प्रभाव केन्द्रसम्म पर्छ’

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली का‌ंग्रेसका नेता प्रकाशमान सिंहले वडामा नेतृत्व चयनको प्रभाव केन्द्रसम्म पर्ने बताएका छन्। शुक्रबारबाट वडा अधिवेशन सुरु भएकोमा विज्ञप्तिमार्फत नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

‘संगठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘का‌ंग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ। कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् ।’

सुझावित समाचार