एकीकृत समाजवादीमा प्रवेश गर्न वामदेव गौतमले राखे यस्तो सर्त

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न आफ्ना सैद्धान्तिक सर्त गरेको बताएका छन्।  शुक्रबार गौतमको सचिवालयले माधवकुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि  मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र सर्त रहेको बताएको छ। 

योबाहेक नेपाल नेतृत्वको पार्टीमा प्रवेश गर्न कुनै सर्त गौतमले नराखेको सचिवालयको भनाइ छ। सचिवालयले यसबाहेक सबै प्रकारका प्रचारबाजीहरु गलत भएको बताएको छ।
 

सुझावित समाचार