करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

बत्ती बाल्ने क्रममा करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार तुलसीपुर– १० पढ्ढानिवासी ५२ वर्षीय सुरेश डाँगीको आज शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।  

बिहान पौने ७ बजेतिर आफ्नै घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 
 

सुझावित समाचार