नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुवैले समान एक–एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अञ्जन विष्टले नेपालका लागि गोल गर्दै अग्रता दिलाएका थिए।  खेलको दोस्रो हाफमा भारतका अनिरुद्ध थापाले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ।
 

सुझावित समाचार