संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन नमिल्ने माग गरिएको मुद्दा न्यायाधीश फुँयालको बेञ्चमा

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुन नहुने भन्दै परेको रिटमाथि बिहीबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाअनुसार इजलासबाट प्रधानन्यायाधीश अलग रहन नहुने माग गर्दै अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेकाे रिटमाथि सुनुवाइ तोकेको हो।

रिटमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलास तोकिएको छ। अधिवक्ता रेग्मीको रिटमा संविधानमा जे व्यवस्था छ त्यहीअनुसार इजलास गठन हुनुपर्ने र कसैको दबाबमा परेर संवैधानिक इजलासबाट प्रधानन्यायधीश बाहिरिन नहुने जिकिर गरिएको छ। रिटमा प्रधानन्यायाधीश इजलासबाट अलग हुन नमिल्ने अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

संवैधानिक नियुक्तिबारेको मुद्दाको सुनुवाइका क्रममा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश आफैँ संलग्न भएर नियुक्ति सिफारिस गरेकाले इजलासमा बस्न नमिल्ने भन्दै प्रश्न उठेको थियो । तत्पश्चात् प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइको सुरु र अन्त्यमा आफू बिदामा बस्ने र इजलासमा सहभागी नहुने निर्णय गरेका थिए।

सुझावित समाचार