प्रदेश १ बाट ६७१ प्रहरी दीक्षित

मंगलबार, १५ भदौ, २०७८
डिजिटल संस्करण

प्रदेश १ मा ६ सय ७१ प्रहरी जवान दीक्षित भएका छन्। प्रदेश १ को प्रहरी तालिम केन्द्र विराटनगरमा सञ्चालित १३८औँ समूहको आधारभूत तालिममा सहभागी ६ सय ७१ प्रहरी जवान मंगलबार दीक्षित भएका हुन्।

३ मंसिर ०७७ देखि सञ्चालन भएको प्रहरी जवान १३८औँ समूहको तामिल दुई सय ३४ दिन सञ्चालन भएको थियो। तालिममा सहभागी  एक सय ३३ महिला र ६ सय ७१ जना पुरुष जवानलाई प्रदेश १ का प्रहरी प्रमुख डिआइजी  अरुणकुमार बिसीले दीक्षित गराएका हुन्।

प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका चार सय ८० जना, प्रदेश सशस्त्र प्रहरी गण रानीका ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीका ९५ जना तालिममा सहभागी भएका थिए।

नौ महिनाको आधारभूत तालिम अवधि समाप्त गरेर दीक्षित भएका ६ सय ७१ प्रहरी जवानहरूलाई उनीहरूको आ–आफ्नो कार्य क्षेत्रमा खटाइने तालिम केन्द्रले जनाएको छ।

See More On

सुझावित समाचार