बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक सकिएको छ। सोमबार बिहान बसेको पाँच दलको बैठकमा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको हो।
उक्त छलफलमा सरकारलाई छिटो पूर्णता दिन दलहरू सहमत भएका छन्। संवैधानिक परिषद्का नियुक्तिबारेसमेत बैठकमा छलफल भएको छ। जयसिंह धामी प्रकरणबारे स्पष्ट पार्नुपर्नेबारे समेत बैठकमा छलफल भएको हो।