नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल भोलि स्वदेश फर्किने

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल भोलि स्वदेश फर्किने

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारपछि सोमबार दिउँसो स्वदेश फर्किने भएका छन् । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार दिउँसो ३ः४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तय भएको छ । 

स्वस्थ्य अवस्था सामान्य हुँदै गएपछि स्वदेश फर्किन लागेको भट्टराईले बताए । खनाल उपचारका लागि गत २ असारमा भारतको नयाँदिल्ली गएका थिए । नयाँ दिल्लीमा खनालको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । 

एमाले विभाजनमा खनालले दिल्लीस्थित दूतावासमार्फत एकीकृत समाजवादीमा सनाखत गरेका थिए । खनाल एमालेमा पनि वरिष्ठ नेता थिए ।
 

सुझावित समाचार