धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

दाङको तुलसीपुरमा एक महिलाले धारिलो हतियार प्रयोग गरी श्रीमानको हत्या गरेकी छिन्। तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया देवीकुमारी योगीले आफ्ना ७८ वर्षीय श्रीमान् खेमलाल पुरीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनुसार गएराति २ बजेतिर उक्त घटना भएको हो।  धारिलो हतियार तथा दाउरा प्रयोग गरी हत्या गर्ने देवीकुमारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

श्रीमानले मदिरा सेवन गरी यातना दिने गरेको उनले बयान दिएकी छिन्। घरायसी विवादका कारण घटना भएको भनिए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

See More On

सुझावित समाचार