जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

शनिबार, १२ भदौ, २०७८
डिजिटल संस्करण

जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ। शुक्रबार राति एक्कासी बिरामी भएका यादवको राति नै नेपालगन्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्याइएका यादवको राति एक बजे निधन भएको हो । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनको आज दिउँसो १ बजे कोठारपुरमा अन्त्येष्टि गरिएको छ ।

सुझावित समाचार