नारायणगढ-मुग्लिन सडक सञ्चालन

शुक्रबार, ११ भदौ, २०७८
डिजिटल संस्करण

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण भरतपुर–२९ को सेतिदोभान र पाँचकिलोमा बिहीबार साँझदेखि सडक अबरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार अहिले सडक दुईतर्फि रूपमा नै सञ्चालनमा आएको छ । पानी परिरहेकाले पहिरोको जोखिम भने यो सडक खण्डमा अझै कायम नै छ ।  
 

सुझावित समाचार