माधव-महन्थका दुवै दल निर्वाचन आयोगमा दर्ता, प्रमाणपत्र पनि बुझे

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। दर्तापछि बुधबार बेलुका निर्वाचन आयोगले प्रमाणपत्र दिएको हो।

त्यस्तै, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसमेत आयोगमा दर्ता भएको छ।  आयोगमा दुवै दल दर्ता भएको आयोगले जनाएको हो।

‘निर्वाचन आयोगले दुवै दल दर्ता गरेको छ। दर्ता भएको प्रमाणपत्र पनि आजै उपलब्ध गराउन लागिएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नयाँ पत्रिकासँग भने।

सुझावित समाचार