महन्थ ठाकुर पनि सनाखतका लागि आयोगमा

बुधबार, ९ भदौ, २०७८
डिजिटल संस्करण

पार्टी दर्ताका लागि सनाखत गर्न महन्थ ठाकुरसहितका नेताहरू निर्वाचन आयोगमा पुगेका छन। प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि नेताहरू आयोग पुगेका हुन्। 

महन्थले ३१ सदस्यीय कार्यकारिणी समिति रहेको पार्टी दर्ताका लागि आयोगमा दल दर्ताको निवेदन दिएका थिए। आयोगले बुधबार सनाखतका लागि सशरीर उपस्थित हुन निर्देशन दिएको थियो।
 

सुझावित समाचार