प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शैक्षिक सुधारका लागि एक लाख सहयोग गर्ने घोषणा गरेका छन् । शुक्रबार चन्द्रगिरि नगरपालिका १९ मा स्थापित भिराडिल खाइको साकुरा पार्कको अवलोकनपछि अध्यक्ष ओलीले सोही वडामा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले उक्त क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने बताए । उनले धर्तीमा कुनै पनि व्यक्ति वा वस्तु काम नलाग्ने नहुने भएको र यसको ज्वलन्त उदाहरण भिराडिल खाइको साकुरा पार्क भएको बताए ।
उनले भने ‘वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ म पनि सहयोग गर्छु, यो वडा र यो ठाउँ विकास हुन सकोस्, यहाँका जनप्रतिनिधि र विकासप्रेमी साथीहरूलाई सबै सहयोगी हातहरू जसरी अगाडि बढाउनुभएको छ, त्यसरी सधैँ लाग्नुहोस्, धेरैधेरै धन्यवाद, तपाईंहरू अझै ठूला काममा सफल हुँदै जानुहाेस् शुभकामना ।’
उनले सबै मानिस भिरमा जान नखोज्ने भन्दै भिरलाई व्यवस्थित गर्न सके गन्तव्यस्थल बन्ने बताए । अध्यक्ष ओेलीले पुरानो मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्धलाई पार्कले सम्बोधन गरेको बताए ।।