भिआइपीका लागि फर्निचर र कार्पेट किन्न १४ करोड खर्च

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

विशिष्ट व्यक्ति (भिआइपी)का लागि फर्निचर, भान्साका अन्य सामान र कार्पेट खरिदका लागि एक वर्षमा १४ करोड रुपैयाँ खर्च भएको छ । यो खर्च संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट भएको हो। उसले राष्ट्रपति, प्रधानमन्त्रीनिवाससँगै मन्त्री क्वार्टरको व्यवस्थापन गर्छ।

आर्थिक वर्ष ०७५/७६ मा विशिष्ट व्यक्तिका लागि फर्निचर खरिदमा पाँच करोड ७८ लाख खर्च भएकोमा ०७६/७७ मा १४ करोड १७ लाख १७ हजार खर्च भएको महालेखा परीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा उल्लेख छ ।

‘विशिष्ट व्यक्तिले प्रयोग गरेका निवासमा विगतदेखिका सामानका बारेमा केही उल्लेख नगरी प्रत्येक वर्ष एकै प्रकृतिका सामान गरिद गरी उपलब्ध गराउँदै आएको छ,’ महालेखाले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘मापदण्ड स्वीकृत नगरेका कारण सामानको गुणस्तर, परिमाण तथा खर्चमा एकरूपता हुन सकेको छैन ।’

विशिष्ट व्यक्तिका लागि आवश्यक पर्ने बजेट सम्बन्धित निकायमा नै विनियोजन गर्न र सेवा सुविधासम्बन्धी मापदण्ड बनाउन महालेखाले निर्देशन दिएको छ ।

See More On

सुझावित समाचार