माधव नेपालले नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी बनाएपछि असन्तुष्ट पक्षका नेताहरूले भेला गरेका छन्।विभाजनअघि नेपाल पक्षमा रहँदै आएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुजी पन्तलगायत ३५ जना नेताले छलफल गरेका हुन्।
बसुन्धाराको एक पार्टी प्यालेसमा भएको भेलामा ३५ जना सहभागी थिए। पार्टी विभाजनपछिको ठोस धारणा बनाउन बैठक बसेको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले बताए।
भेलामा नेताहरूले विघटित कार्यदलले गरेको १०बुँदे सहमति निश्चित समयभित्र कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘१०बुँदे सहमति एउटा समयभित्र पालना गर्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ,’ भेलामा सहभागी एक नेताले भने, ‘त्यो समयसीमा कति तय गर्ने भन्नेबारे छलफल भइरहेको छ।’