महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक, मुलुकको बेरुजु ६ खर्ब ७६ अर्ब

शुक्रबार, ४ भदौ, २०७८
डिजिटल संस्करण

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच महालेखापरीक्षक टंकमणि शर्मा दंगालले कार्यालयले तयार गरेको ५८औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्।

सार्वजनिक भएको प्रतिवेदनमा आर्थिक वर्ष ०७७/७८को वार्षिक परीक्षण गरिएको छ। प्रतिवेदनमा यस वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको १३ खर्ब २७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न गरिएको उल्लेख छ।

सुझावित समाचार