नेपाल विद्युत् प्राधिकरणका सिइओ कुलमान घिसिङको नियुक्ति खारेज गर्न माग गरिएको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको छ। यसअघिका सिइओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश रेग्मीको एकल इजलास तोकेको हो।
रिटमा कुलमानलाई नियुक्त गर्ने निर्णय असंवैधानिक भएकाले मन्त्रिपरिषद्को निर्णय खारेज गरी शाक्यलाई पुनर्नियुक्ति गर्न अन्तरिम आदेश माग गरिएको छ।
मन्त्रिपरिषद् निर्णयले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो। यसविरुद्ध शाक्य सोमबार सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ