सन् २०१५ मा एड्रियाना पेरेज डी सिल्भाका १६ वर्षे छोरा र उनका चार साथी घर फर्कंदै गर्दा प्रहरीको गोली लागेर मारिए । सिल्भा आफ्ना छोरा र उनका साथीहरू अश्वेत भएकैले प्रहरीको निसाना भएकोमा विश्वस्त छिन् । ल्याटिन अमेरिकामा हुने प्रहरी हिंसाबारे ह्युमन राइट्स वाचको शोधकर्ताका नाताले मैले प्रहरीको हिंसाबाट बाँच्न सफल थुप्रै पीडित र तीनका आफन्तसँग अन्तर्वार्ता लिएको छु । तर, सिल्भाको अन्तर्वार्ता मेरा लागि अविस्मरणीय रह्यो । प्रहरीबाट गोरा ब्राजिलियनका तुलनामा अश्वेत ब्राजिलियन मारिने सम्भावना करिब तीन गुणा बढी छ ।
ब्राजिलियन फोरम फर पब्लिक सेक्युरिटीका अनुसार अघिल्लो वर्ष ब्राजिलभरमा प्रहरीले ६ हजार चार सय १६ मानिसको हत्या गरेको छ । ब्राजिलको सबैभन्दा हिंस्रक राज्य रियो दी जेनेरियोमा मात्रै गत वर्ष प्रहरीबाट १२ सय ४५ जना मारिए । हालै अफ्रिकी मूलका मानिसहरूप्रति हुने संस्थागत नश्लभेद निर्मूल गर्न दबाब दिने उद्देश्यले संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा ब्राजिलको प्रहरी हिंसाको पनि जिकिर छ । प्रतिवेदनले विभिन्न मुलुकलाई हिंसाका लागि अधिकारीहरूलाई जवाफदेही बनाउन आग्रह गरेको छ ।
रियो दी जेनेरियोको राज्य सरकारले प्रहरीलाई उसका अपराधका लागि जिम्मेवार बनाएर अत्यधिक बल प्रयोग रोक्ने न्यूनतम मापदण्डका लागि बृहत् योजना बनाउन जरुरी छ । प्रहरीको दण्डहीनता रोक्न ठोस पहलकदमी नलिने हो भने अश्वेत ब्राजिली प्रताडित भइरहनेछन् । रियोका ती पाँच युवाको हत्या ब्राजिल प्रहरी हिंसा, संस्थागत नश्लभेद र दण्डहीनताको प्रकोपले ग्रसित मुलुक भएको द्योतक हो ।
यद्यपि, यो हत्याकाण्डमा संलग्न अधिकारीहरू दण्डित भए । सामान्यतया यस्ता घटनामा आरोपितहरूले सजाय पाएको बिरलै देख्न पाइन्छ । तर, यसपछि स्थिति झनै खराब भएको छ । मैले रियो दी जेनेरियोमा सात वर्षयता भएका यस प्रकारका घटनाहरूको दस्तावेजीकरण गरेको छु । जब प्रहरीले घातक बल प्रयोग गर्नुपर्ने हुन्छ, तब उनीहरूमा दुईखाले रवैया देख्न सकिन्छ । पहिलो, मध्यम र उच्च–मध्यम वर्गका समुदायमा आत्मरक्षाको अवस्थामा मात्रै गोली चलाइन्छ । दोस्रो, विपन्न समुदायहरूमा पहिले गोली, त्यसपछि छानबिन चलाइन्छ । अधिकांश प्रहरी अधिकारी निर्भयतापूर्वक यही तरिका अपनाउँछन् ।
रियो दी जेनेरियोका सहरी क्षेत्रका विपन्न मानिस बस्ने झोपड बस्तीमा गत ६ मेका दिन प्रहरीले गरेको छापामारीमा २८ जनाको नृशंस हत्या भयो । त्यहाँ सन्दिग्ध लागुऔषध कारोबारीहरू खोज्न भनेर बख्तरबन्द गाडी र हेलिकोप्टरमा सवार दुई सय प्रहरी अधिकारी परिचालित भएको धेरैले देखेका थिए । छापामारीको एक दिनअगाडि एकजना प्रहरी अधिकारीको गोली हानी हत्या भएको थियो । यो हिंसात्मक छापामारी त्यसैको बदलाको परिघटना थियो । जसमा मारिनेमा अधिकांश अश्वेत थिए । नितान्त असाधारण परिस्थितिबाहेक कोभिड–१९ को यो महामारीमा विपन्नहरूको बस्तीमा छापा नमार्न सर्वाेच्च अदालतले एक वर्षअघि नै आदेश दिएको हो । लागुऔषध तस्करी एवं अपराध नियन्त्रणको नाममा प्रहरीले आततायी छापाहरूलाई लामो समयदेखि निरन्तरता दिँदै आएको छ । ६ मेको छापा रियोको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण रह्यो ।
प्रहरीले हिरासतमा लिएर मारिएका सुजाको लास कहिल्यै पत्ता लागेन । तर, तीन वर्षपछि ११ प्रहरी अधिकारी यातना दिएर सुजाको हत्या गरेकोमा दोषी प्रमाणित भए । दोषी प्रमाणित भए पनि उनीहरू पदबाट निष्कासित गरिएनन्, जेलबाटै तलब सुविधा पाइरहे ।
रियोमा सरकारको लापरवाहीका कारण केही दशकयता अपराध बढेको छ । सरकार न्यूनतम सामाजिक सेवाको प्रत्याभूति गर्न र अमनचयन कायम राख्न असफलप्रायः छ । प्रहरीको विपन्न बस्तीहरूमा प्रवेश भनेकै छापाका लागि मात्र र बिरलै रक्तपातविहीन हुने गरेको छ । ती विपन्न बस्तीका मानिसहरू प्रहरीको अत्याचारसँग मात्रै होइन, आफूहरूलाई बेवास्ता गरेकोमा राज्यसँग पनि आक्रोशित छन् ।
सन् २००८ मा सबै आपराधिक समूहलाई निर्मूल गर्ने उद्देश्यले राज्यले प्यसिफाइङ पुलिस युनिटको निर्माण ग¥योे । जसको मुख्य काम आपराधिक ग्याङको नियन्त्रणमा रहेका विपन्न बस्तीहरूमा शान्ति सुरक्षा कायम गर्नु थियो । साथसाथै, प्रहरी तथा जनताबीचको हिंसा एवं अविश्वासको संस्कृतिलाई पनि नामेट पार्नु थियो । राज्यले स्वास्थ्य शिविर र फोहोर व्यवस्थापनजस्ता पूर्वाधारमा लगानी ग¥यो । समुदायसँग प्रहरीको साझेदारी कार्यक्रम लागू गरिएका समुदायमा दुई वर्षमै प्रहरी हत्या ८६ प्रतिशतले घटेको पाइयो । प्रहरीको उपस्थितिले विद्यालयमा विद्यार्थीको उपस्थिति बढ्नुका साथै जीवनस्तर पनि उकासिएको देखियो । तर, पहलकदमीका सफलताहरूलाई कमीकमजोरीले छायामा पारिदिएको छ । प्रहरी र समुदायबीच पुनः अविश्वास पैदा हुँदै जाँदा अपराध बढ्यो र पुरानै ढर्राको प्रहरी हावी हुँदै गएको छ ।
सन् २०१३ मा जब प्रहरीले रियोको रोकिन्हा फावेला (सहरी झुपडपट्टी)का अश्वेत मजदुर अमरिल्डो डी सुजालाई बेपत्ता बनायो, समुदायबीच तनाव चर्किंदै गयो । त्यसपछि भ्रष्टाचार र प्रहरी आतंकमा सुधार ल्याउन राष्ट्रव्यापी प्रदर्शन भए । प्रदर्शन र मिडियाको चासोका कारण सुजा बेपत्ताको छानबिन थालियो । उल्लेखित पाँच युवाको हत्याको छानबिन पनि प्रदर्शन र दबाबकै कारण सम्भव भएको थियो । प्रहरीले हिरासतमा लिएर मारिएका सुजाको लास कहिल्यै पत्ता लागेन । तर, तीन वर्षपछि ११ प्रहरी अधिकारी यातना दिएर सुजाको हत्या गरेकोमा दोषी प्रमाणित भए । दोषी प्रमाणित भए पनि उनीहरू पदबाट निष्कासित गरिएनन्, जेलबाटै तलब सुविधा पाइरहे ।
सन् २०१९ मा सकारात्मक आचरणका नाममा जेलबाट छुटेर पुनः प्रहरीमा बहाल भएका छन् । रियोमा प्रहरीले गरेको भनिएका अधिकांश हत्यामा दोषीले सजाय नपाउँदा स्थानीय बासिन्दाले प्रहरी अधिकारीहरूलाई विश्वास नगर्नु अस्वाभाविकै होइन । सन् २०१६ को एक आधिकारिक जाँचमा २०१६ अघिका ९८ प्रतिशत अनुसन्धान आरोप नै दर्ज नगरी बन्द गरिने गरेको पाइयो । यस्ता अनुसन्धान अन्तर्राष्ट्रिय मापदण्ड र स्वतन्त्र न्यायिक मापदण्ड र विज्ञताअनुसार भए/नभएको जाँच्न जरुरी छ । रियोको राज्य प्रहरीले अधिकारीहरूलाई बल प्रयोगसम्बन्धी उचित तालिम र मानसिक परामर्श दिन जरुरी छ । प्रहरी अधिकारीहरूले अश्वेतहरूलाई अपराधी र तिनको बस्तीलाई खतरापूर्ण इलाका मान्ने हो भने दीर्घकालीन सुधार असम्भव छ । र, कसुरदार कमान्डर वा प्रहरीलाई सजाय नदिने हो भने हिंसाको चक्र रोकिँदैन ।