माधव नेपालसहित १४ सांसदमाथिको कारबाहीले एकता पक्षधरलाई निराश बनायो : गोकर्ण विष्ट

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका नेता गोकर्ण विष्टले माधव नेपालसहित १४ जना सांसदमाथि गरेको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरूका लागि थप बल पुगेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले १४ जना सांसदमाथि गरेको कारबाहीले एकता पक्षधरहरूलाई निराश बनाएको उनको भनाइ छ। 

‘हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ। हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा क. नेपालसहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु।’

सुझावित समाचार