तालिवानले आइतबार नियन्त्रणमा लिएपछि यतिवेला अफगानिस्तानको राजधानी काबुलमा त्रास बढेको छ, त्यहाँका नागरिकहरू भयभित छन्। तर, त्यहाँस्थित अमेरिकी सेनाका अधिकारीले भने काबुल अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित रहेको दाबी गरेका छन् ।
उनले विमानस्थलको सुरक्षा र विशेष आप्रवासन भिसासहित अमेरिकी र अफगानिस्तानलाई उद्धार गरेर बाहिर पठाउनु अमेरिकी सेनाको जिम्मेवारी भएको बताएका छन् ।
नेपाली समयअनुसार सोमबार अबेर राति अमेरिकी सेनाका मेजर जनरल हेर्नी हेन्क टेलरले अफगानिस्तानबारे पेन्टागनमा पत्रकारहरूसँग यस्तो बताएका हुन् । उनले भने, ‘काबुल विमानस्थल सुरक्षित छ ।’ उनले अबको केही घन्टामा काबुलमा तीन हजारदेखि तीन हजार पाँच सय सैनिक रहने बताएका छन् ।