अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलायो

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको छ। सेनाले हवाई फायर गरेको जनाइएको छ। सेनाले हवाई फायर गरेपछि त्यहाँ भागाभागको अवस्था आएको छ।  ‘विमानस्थलको भिड नियन्त्रणभन्दा बाहिर छ,’ अमेरिकी अधिकारीले भनेका छन्, ‘भिडलाई तितरबितर गर्न मात्र फायर गरिएको हो।’

विमानस्थलमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार  अमेरिकी सेनाले कैयौँपटक फायर गरेको थियो। काबुल विमानस्थलमा अहिले अफगानिस्तान छोड्नेहरूको भिड लागेको छ। काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ। काबुलबाट व्यावसायिक उडानहरू रद्द भएका छन्। अहिले सैन्य उडान र चार्टर उडानहरू मात्र भइरहेका छन्। 
 

See More On

सुझावित समाचार