प्रहरी पेट्रोलपम्पको एक करोड रकम हिनामिना आरोपमा असइविरुद्ध मुद्दा दायर

आइतबार, ३१ साउन, २०७८
डिजिटल संस्करण

प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोलपम्पमा रकम हिनामिना गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असइ) दिलीप कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

असइ कार्कीले पेट्रोलपम्पको आम्दानी आफ्नो खातामा राखेर हिनामिना गरेका थिए । पछि लेखापरीक्षणको क्रममा त्यससम्बन्धी खुलेपछि प्रहरीले यस सम्बन्धमा अख्तियारलाई जानकारी गराएको थियो । 

गत वर्ष  असइ कार्कीलाई नियन्त्रणमै लिएर प्रहरीले आयोगलाई बुझाएको थियो । करिब तीन वर्षको अवधिमा उनले पेट्रोलपम्पको एक करोड रुपैयाँ हिनामिना गरेका हुन् ।

सुझावित समाचार