बाबुले स्याललाई हानेको गोली लाग्दा छोराको ज्यान गयो

शनिबार, ३० साउन, २०७८
डिजिटल संस्करण

पाल्लामा आफ्नै बाबुले हानेको भरुवा बन्दुकको गोलीले लागेर छोराको ज्यान गएको छ। रिब्दीकोट गाउँपालिका–६ तल्लोतालका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई हान्ने क्रममा ३६ वर्षीय छोरा धनबहादुरलाई गोली लागेको हो। 

टाउकोमा गोली लागेका धनबहादुरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । मृतक धनबहादुर स्थानीय नारायण माविका शिक्षकसमेत हुन्। कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार